
मनहरी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) मनहरी गाउँ कमिटीको नवनिर्वाचित पदाधिकारीहरुले सपथ ग्रहण गरेका छन।
गते १९ गते सर्वसम्मत रुपमा निर्वाचित भएका मनहरी गाउँ कमिटीका ४५ जनाले बिहीबार एक कार्यक्रममा बिच सपथ ग्रहण तथा निर्वाचित प्रमाणपत्र ग्रहण गरेको हो ।
निर्वाचित गाउँ कमिटीका पदाधिकारीहरुलाई पार्टीका बगमती प्रदेश कमिटीका उपाध्यक्ष प्रेम बहादुर पुलामीले सपथ ग्रहण गराएका थिए ।
कार्यक्रम ने.क.पा. (माओवादी केन्द्र बागमती प्रदेश कमिटी उपाध्यक्ष प्रेम बहादुर पुलामिको प्रमुख आतिथ्यमा भएको थियो भने प्रदेश कमिटी सदस्य वीर बहार घलान ( ज्वाला), सीता पुलामी ,मनहरी गाउँ कमिटी निवर्तमान अध्य्यक्ष तथा जिल्ला समन्वय समिति सदस्य राम प्रसाद कालाखेती, राजकुमार पाख्रीन जेष्ठ कम्युनिस्ट मञ्चका केन्द्रीय सदस्य रामहरि सुवेदी, लगाएतकाको उपस्थित रहेको थियो ।
कार्यक्रम सभाध्यक्ष निर्वाचन समितीका संयोजक मातृका ढुुङ्गनाको अध्यक्षतामा भएको थियो ।





