मनहरी । पश्चिम मकवापुरको मनहरी–७ मा रहेको बुद्धशान्ति हरित पार्क परिसरमा हुने सोनाम ल्होछार मेला तथा बिशेष साँस्कृतिक कार्यक्रमको तयारी अन्तिम चरण पुगेको छ ।
मंगलबार मनहरी–७ स्थित कार्यक्रम स्थल बुद्ध शान्ति हरित पार्क परिसरमा पत्रकार सम्मेलनको आयोजना गरि तयारी बारे जानकारी दिएको छ ।
माघ –२७ गते हुने २८६० (डुक ल्हो) सोनाम ल्होछार मेला तथा बिशेष साँस्कृतिक कार्यक्रममा बागमती प्रदेश सरकारका सामाजिक बिकास मन्त्रि कुमारी मोक्तानको प्रमुख आथित्य रहने कार्यक्रम संयोजक सुरेश मोक्तानले जानकारी दिए ।
कार्यक्रमको अवसरमा मनहरी गाउँपालिका वडा न–७ भित्र रहेको सबै समुदायको ८० वर्ष पुगेका ५२ जना जेष्ठ नागरिकहरुलाई नगद सहित सम्मान गर्ने कार्यक्रम रहेको संयोजक मोक्तानले जानकारी दिए ।
साथै कार्यक्रम परिसरमा तामाङ संस्कार सँस्कृति सम्बन्धि बिभिन्न स्टल रहनुका साथैे स्थानीय स्तरमा उत्पादन हुने दैनिक उपभोग्य बस्तुहरुको स्टलहरु पनि रहने जनाएको छ ।
कार्यक्रमलाई सभ्य र भव्य बनाउन उक्त दिन मनहरी ७ र ८ मा रहेको गुम्बा परिसरबाट बाजागाजा , तामाङ भेषभुषाको सहितमा शोभा यात्रा पनि निकालिने छ ।
शोभा यात्रामा विद्यालय , बिभिन्न सामाजिक संघसस्थाका प्रतिनिधि , बिभिन्न धार्मिक व्यक्तित्वहरुको सभागि रहने जनाएको छ ।
साथै कार्यक्रममा चर्चित गायक देवलाल मोक्तान, रविन कुमार चेपाङ,सुन्दर लामा, बालिका तामाङ प्रिति बहादुर ब्लोन, माया तामाङ,दीपक मुक्तान ,सुशिल मोक्तान लगाएतका कलाकारहरुको प्रस्तुती रहने छन ।
कार्यक्रममा मनहरी–७ का कार्यबाहक वडा अध्यक्ष नबराज सुवेदी , समाजसेवी तथा माओवादी केन्द्र बागमती प्रदेश कमिटि सचिवालय सदस्य बीर बहादुर घलान (ज्वाला) समाजसेव खुसी लाल मुक्तान , सगुन स्याङतान लगाएतकाको उपस्थीत रहेको थियो ।