Uncategorized

मनहरी–२ भुन्द्रुङ टाँडीमा चैत्र ३ गते निशुल्क आँखा शिविर हुने


मनहरी । पश्चिम मकवानपुरको मनहरी गाउँपालिका वडा नं.–२ भुन्द्रुङ टाँडीमा मा निशुल्क आँखा शिविर हुने भएको छ।
बुधबार वडा कार्यालयमा सरोकारवालाहरुसंगको छलफलले आउदै चैत्र ३ गते आँखा शिविर सञ्चालन गर्ने निर्णय गरेको छ ।

छलफलमा सहभागी वडा सदस्य , स्वास्थ केन्द्र प्रमुख ,टोल बिकास समितिका अध्यक्षहरुले गाउँपालिकाको वडा नं.– १ , २ , ३ र ४का सेवाग्राहीहरुलाई लक्षित गरि शिविर सञ्चालन गर्ने निर्णय गरेको वडा अध्यक्ष राजकुमार पाख्रिनले जानकारी दिए ।

चैत्र ३ गते वडा कार्यालय भुन्द्रुङ टाँडीमा बिहान १० बजे देखि ३ बजे सम्म शिविर सञ्चालन हुने जनाएको छ ।  हेटौडा सामुदायिक आँखा अस्पतालको आयोजना र मनहरी गाउँपालिकाको सह आयोजनामा हुने शिविरमा शल्यक्रिया गर्नु पर्नेबिरामीहरु पहिचान भएमा निशुल्क रुपमा शल्यक्रियाको व्यवस्था मिलाएको वडा अध्यक्ष पाख्रिनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button