Uncategorized

बालश्रम अन्त्य गर्न कुनै कसुर बाँकी राखेको छैन :उपाध्यक्ष मगर

मनहरी । मनहरी गाउँपालिकामा बालश्रम निवारणका लागि अनुगमनमा तिव्रता दिइएको उपाध्यक्ष सीता पुलामी मगरले जानकारी दिनुभएको छ । बुधबार बाल कल्याण समाज मकवानपुरद्धारा आयोजीत कार्यक्रममा बोल्दै उपाध्यक्ष मगरले सो कुरा बताउनुभएको हो ।

मनहरीमा विशेषगरी छिमेकी पालिका राक्सिाराङ्ग ,कैलाश तथा धादिङ जिल्लाबाट बालबालिकाहरु आउने गरेको र होटल तथा गाडि वास लगायत ट्र्याक्टरमा ढुङ्गा गिटि बालुवा लोड गर्ने श्रममा संलग्न हुने गरेको उहाँको भनाई छ ।

यद्यपी अन्य पालिकाको भएपनि समन्वय गरी उनीहरुलाई व्यवस्थीत रुपमा पठनपाठनको व्यवस्था गरीएको उहाँले बताउनुभयो ।  कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदीले बालबालिकामा लगानी गर्नुनै राज्यको सबैभन्दा ठुलो आवश्यकता रहेको जिकिर गर्नुभयो ।

विशेषगरी आर्थिक अवस्था कमजोर भएका बालबालिकालाई गाउँपालिकाले नै निशुल्क शिक्षा प्रदान गरीरहेको बताउँदै धेरै हदसम्म बालश्रम न्युनिकरणमा पालिका सफल हुँदै गएको उहाँको भनाई छ ।

स्वतन्त्रता अभियान र ग्लोवल मार्च अगेन्स्ट चाइल्ड लेवरको सहयोगमा आयोजीत बालश्रम निवारणमा क्षेत्रगत अवधारणा र स्थानीय तह तथा शिक्षकको भुमिका विषयक प्रशिक्षण गोष्ठि कार्यक्रम बाल कल्याण समाजले आयोजना गरेको हो ।

कार्यक्रममा ग्लोवल मार्च अगेन्स्ट चाइल्ड लेवरका नेपालका लागि कार्यक्रम प्रवन्धक एन्जेला सोलानो डोन्सेलको उपस्थिती रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button