Uncategorized

देश माओवादी मय भइरहेको छ : पोलिटीब्युरो सदस्य मोक्तान


नेकपा माआवादी केन्द्रका पोलिटीव्युरो सदस्य कुमारी मोक्तानले देश अहिले माओवादी मय भइरहेको बताएका छन ।
बिहिबार नेकपा माओवादी केन्द्र मनहरी गाउँ कमिटिको तेस्रो अधिवेशनलाई सम्बोधन गर्दै पोलिटिब्युरो सदस्य मोक्तानले सो कुरा बताएका हुन ।

पछिल्लो समय बिभिन्न पार्टीहरुले भ्रष्टारीलाई टेवा दिने खालको क्रियाकलाप व्यापक भइरहेकाले भ्रष्टाचार बिरुद्ध कडा कदम चाल्दै आइरहेको माओवादी केन्द्रमा युवाहरुको आकर्षण लोभ लाग्दो तरिकाले बढे संगै देश माओवादी मय भइरहेको मोक्तानको भनाइ छ ।

मकवानपुर जिल्लामा पनि माओवादी परित्याग गरि बिभिन्न पार्टीमा प्रवेश गर्नेहरु पनि अहिले पुरानै पार्टी माओवादी केन्द्रमा फर्कनेहरु पनि व्यापक रहेको उनको भनाई छ । माओवादी बाहेक अन्य पार्टीले देश निर्माण गर्न नसक्ने र कमिसन र भ्रष्टाचारमा लिप्त रहेको पार्टीहरुको जनतालाई झुक्याईरहेको उनको आरोप छ ।  भ्रष्टाचारमा लिप्त पार्टीहरुलाई आउदो निर्वाचनमा जनताले सवक सिकाउने मोक्तानको भनाई रहेको थियो ।

नेकपा माओवादी केन्द्र मनहरी गाउँ कमिटिका अध्यक्ष रामप्रसाद कालाखेतीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा माओवादी केन्द्रका पोलिटिब्युरो सदस्य कुमारी मोक्तानको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।

त्यसै गरि माओवादी केन्द्रका केन्द्रिय सदस्य प्रमिला पुलामी , प्रदेश कमिटि सदस्य ललित घलान , सीता पुलामी मगर , मकवानपुर जिल्ला समन्वय समिति समदस्य राजकुमार पाख्रिन, बीर बहादुर घलान ९आनन्द०, मनहरी ईन्चार्ज रामहरी सुवेदी लगाएतका बिभिन्न नेता तथा कार्यकर्ताहरुको उपस्थीती रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button