समाचार

युवा गायक दीपकराज कालिराजकको ‘परदेशी’ सार्वजनिक 

हेटौंडा । जस्तो सुकै र जुनसुकै निधाका गीतहरुलाई आफ्नो सुमधुर स्वरले न्याय दिनसक्ने युवा गायक दीपकराज कालिराजको आवाजमा नयाँ नेपाली गीत ‘परदेशी’ सार्वजनिक भएको छ।

आफ्नो घरपरिवार एवम् गाउँघरको मायाँ , देशप्रेम तथा परदेशी जीवनको संवेदनशील कथालाई समेटेर तयार पारिएको यस गीतमा बी. पाण्डेको शब्द रचना , बी.पी. वाग्लेको संगीत र भद्र ओलीको एरेन्ज रहेको छ र यस गीतलाई चन्द्र चौधरीले मिक्सिङ गरेका छन् भने एकोस्टिक स्टुडियोमा रेकर्डिङ सम्पन्न गरिएको छ।

गीतको भिडियोमा मदन सिलवाल, राजा राजपुत, सुरज खाती, गायक दीपकराज कालिराज आफैंले र
अन्य म्युजिसियनले अभिनय गरेका छन्। छायांकन धर्म मानन्धरले गरेका हुन् भने सम्पादन निराजन सिंह ठकुरीले गरेका छन्। भिडियोलाई पार्बती चापागाईंले निर्देशन गरेकी छिन् भने शितल वाग्ले सह-निर्देशकको रूपमा रहेका छन्।

नेपाल सरकारद्वारा राष्ट्रिय स्तरमा सञ्चालन गरिएको पहिलो गायन रियालिटी शोमा १६ वर्षदेखि ४० वर्षसम्मका ६५ जना प्रतियोगीहरूले भाग लिएका थिए। आधुनिक, लोक, पप तथा र्‍याप विधामा अभिरुचि राख्ने प्रतियोगीहरूले आफ्ना गीतका भिडियोहरू पठाएर प्रतिस्पर्धा गरेका थिए।

प्रतियोगितामा विजेता बनेका दीपकराज कालिराजलाई सह-आयोजक मिशन सञ्चार मल्टिमिडिया ग्रुपकी अध्यक्ष पार्वती चापागाईंले नयाँ गीत रेकर्डिङका लागि सम्झौता गरेकि थिइन ।

यसै गीतको बारेमा “मेरो लागि यो अवसर अत्यन्तै महत्त्वपूर्ण छ, परदेशी गीतमार्फत मैले नेपाली श्रोताहरूसँग भावनात्मक जुडान स्थापित गर्न चाहेको छु।मलाई आशा छ सबैले माया गरी मन पराउनुहुनेछ र यो मेरो पहिलो प्रस्तुति भएकाले पनि यहाँहरूको मायाको अपेक्षा गर्दछु” – गायक कालीराजले स्रोता दर्शकलाई अनुरोध गर्दछन्।

नेपालको पहिलो राष्ट्रिय युवा गायन प्रतियोगिताका विजेता दीपकराज कालिराजको आवाजमा ‘परदेशी’ गीत सार्वजनिक भएसँगै संगीतप्रेमीहरूबाट सकारात्मक प्रतिक्रिया आउने अपेक्षा गरिएको छ। यो गीत अहिले मिसन इन्टरटेन्मेन्ट युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो साथै विभिन्न संगीत प्लेटफर्महरूमा उपलब्ध छ।

गीत सार्वजनिकसँगै सबै दर्शकहरूले राम्रो प्रतिक्रिया पाउने आशा गरिएको छ।

भिडियो हेर्नुस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button