
मनहरी । कैलाश गाँउपालिकामा गबन्धन दलले अध्यक्ष र उपाध्यक्ष दुबै पदमा विजयी प्राप्त गरेको छ । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र विच गठबन्धन गरि कैलासमा स्थानिय निकायको निर्वाचनमा चुनावमी मैदानमा उत्रेको थियो । गाँउपालिकाको दशै वटा वडाको मत गणना गर्दा अध्यक्षमा नेपाली कांग्रेसको तर्फबाट लोक बहादुर मुक्तानले ४ हजार ८ सय ९७ मत ल्याएर अध्यक्षमा विजय भएका छन । अध्यक्षमा मुक्तानले उनको निकटतम प्रतिद्धन्दी नेकपा एमालेको तर्फबाट अध्यक्षका उम्मेदवार बनेका नरेन्द्र लाल रिजाललाई ८ सय ४ मतले पराजित गर्न सफल भए । रिजालले कुल ४ हजार ९३ मत प्राप्त गरेका थिए । ।
त्यसै गरि उपाध्यक्षमा नेकपा माआवादी केन्द्रको तर्फबाट बालकुमार मल्ल ४ हजार ८८ मत ल्याई निर्वाचित भए ।
उपाध्यक्षका उम्मेरदवार मल्लले उनको प्रतिद्धन्दी सुकुमाया थिङलाई १ सय ५३ मतले पराजित गर्दै उपाध्यक्षमा निर्वाचित भए । पराजित भएका सुकु माया थिङले कुल ३ हजार ९ सय ३५ मत प्राप्त गरेका थिए ।
त्यसै गरि राप्रपाबाट गाँउपालिकाको उम्मेदवार बनेका सन्त बहादुर रुम्बाले कुल २ सय १८ मत प्राप्त गरे , त्यसका साथै नेकपा एसबाट अध्यक्षका उम्मेदवार बनेका टंक बहादुर मुक्तानले जम्मा १ सय २० मत प्राप्त गरे भने नेपाल मजदुर किसान पाटीबाट अध्यक्षका लागि चुनावी मैदानमा होमिएका सन्त माया बुढाथोकीले जम्मा ५ मत प्राप्त गर्न सफल भए ।
त्यसै गरि उपाध्यक्ष पदका लागि चुनावी मैदानमा होमिएका राप्रपाकी पार्वती लामाले २ सय ५० मत प्राप्त गरे मने , स्वतन्त्रबाट उपाध्क्षका लागि उम्मेदवार बनेका श्याम उप्रेतीले २ मत प्राप्त् गरेका छन ।






