मनहरी । मनहरीमा जारी मनहरी खेलकुद तथा व्यापार महोत्सवको चौथो दिन आज लोक तथा दोहोरी गायक श्याम राना र भुमिका गिरिले दर्शक नचाएका छन ।
महोत्सवमा उनीहरुको आफ्न चर्चित गितहरु गएर मनहरीका दर्शकहरुलाई नचाएका थिए ।
यश अघि महोत्सवमा परिसरमा दर्शकहरु निकै कम देखिएकोमा आज शनिबार भने महोत्सव अवलोकन गर्ने दर्शकहरुको सङ्ख्यामा निकै वृद्धि भएको पाईएको छ ।
शनिबार महोत्सवस्थल नै ढाक्ने गरी दर्शक र अवलोकनकर्ताहरु आएको आयोजकले जनाएको छ ।
शनिबार बिदाको सदुपयोग गर्दै किनमेल गर्न र सांगीतिक रुपमा मनोरन्जन लिनका लागि दर्शकको घुइँचो लागेको हो ।
आइतबारका लागि स्थानीय कलाकारहरुसहित राष्ट्रिय रुपमा चर्चित गायिक प्रिती आले महोत्सवमा आउने छ ।
चैत ४ गतेसम्म सञ्चालन हुने महोत्सवमा आगामी दिनहरुमा चर्चित कलाकाहरु आउने तालिका सार्बजनिक भइसकेको छ ।
गायक राजु परियार, ज्योति मगर, दुर्गेश थापा, विश्व दोङ, उर्गेन लामा, एलिना चौहान लगायत चर्चित अनुहारलाई महोत्सवमा ल्याउने तयारी भएको महोत्सवका व्यवस्थापक एभरेष्ट इमेन्ट म्यानेजमेन्ट प्रालिले जनाएको छ ।