समाचार

टिभिएसद्वारा आकर्षक अफर सहित एक्सचेन्ज अफर

थाहा । नेपालका लागि टिभिएसको अधिकारिक बितरक कम्पनी जगदम्बा मोटर्सले आकर्षक अफरहरु सहित च्याम्पियन्स एक्सचेन्ज अफरको घोषणा गरेको छ ।

आफ्ना ग्राहकहरुको लागि जगदम्बा मोटर्सले असोज १ गतेदेखि नयाँ मोटरसाईकल तथा स्कुटर खरिद तथा पुरानो मोटरसाईकल तथा स्कुटर एक्सजेन्जमा आकर्षक छुट तथा उपहारहरुको ब्यवस्था गरेको कम्पनीले जनाएको छ ।

हेटौंडामा टिभिएसको आधिकारिक बिक्रेता हेटौंडा अटोमार्टले पनि चाडपर्वको अवसरमा जगदम्बा मोटर्सले घोषणा गरेको आकर्षक अफरहरु सहित च्याम्पियन्स एक्सचेन्ज अफर अन्तरगत स्कुटर तथा मोटरसाईकलको बिक्री तथा एक्सचेन्जको सुरुवात गरेको सञ्चालक प्रवेशराज बरुवालले बताउनुभयो ।

सञ्चालक बरुवालका अनुसार ग्राहकहरुले आफ्नो पुरानो मोटरसाईकल तथा स्कुटर एक्सचेन्ज गरेर टिभिएसको नयाँ मोटरसाईकल तथा स्कुटर लिँदा १० हजार बढी मूल्य प्राप्त गर्नेछन् ।

साथै ग्राहकले ‘हर मोडमा उमंग’ योजना अन्तरगत नकिन्दै १ लाख र किन्दा ५ लाखसम्म नगद छुट पाउन सक्ने टिभिएसले जनाएको छ ।

टिभिएसका अनुसार हरेक महिना ग्राहकले लक्की ड्र मार्फत शत प्रतिशत रकम फिर्ता पाउन सक्नेछन् भने बम्पर उपहार अन्तरगत एकजानले १० लाख नगद पुरस्कार प्राप्त गर्नेछन् ।

यसै योजनामा न्युनतम २५ प्रतिसत डाउन पेमेन्ट र शुन्य प्रतिशत ब्याजदरको मासिक किस्ताबन्दी सुबिधामा मोटरसाईकल तथा स्कुटर खरिद गर्न सकिनेछ ।

टिभिएसको नेपालभर १ सय ४० भन्दा बढी डिलर र सर्भिस सेन्टरहरुबाट उत्कृष्ट सेवा दिईरहेको कम्पनीले जनाएको छ ।

बलियो पार्टपूर्जा सहित उत्कृष्ट सेवामार्फत टिभिएसका मोटरसाईकल तथा स्कुटर नेपालमा लोकप्रिय छ ।

कम्पनीले टिभिएसका मोटरसाईकल तथा स्कुटरको ईन्जिनमा लाईफ टाईम वारेन्टीको ब्यवस्था समेत गरेको जगदम्बा मोटर्सले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button