समाचार

कैलाश—बैकुण्ठ जीपलाइन : पहिलो चरणको परिक्षण सफल


कैलाश गाउँपालिकाको वडा नम्बर २ बैकुण्ठमा निर्मित कैलाश—बैकुण्ठ जीपलाइनको पहिलो चरणको परिक्षण सफल भएको छ ।शुक्रबार प्राविधिक टोली सहित गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तान, वडा नम्बर २ का वडा अध्यक्ष राजेन्द्र घिसिङ, योजना शाखा प्रमुख नरेन्द्र दत्त भट्ट, ईन्जिनियर अनिल जोशी लगायतको टोलीले पहिलो चरणको परीक्षण गरेका थिए।
जीपलाईनको परिक्षण पछि प्रतिक्रिया दिदै कैलाश गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले यस्ता खालका विकासले गाउँपालिकाको प्रचारप्रसार सङ्गै आन्तरिक तथा बाह्य पर्यटक प्रबर्द्धनमा सहयोग पुग्ने बताए ।पर्यटन प्रबर्द्धन सङ्गै त्यस स्थानको युवाहरुले रोजगारी पनि पाउने बिश्वास व्यक्त गरे ।
भौगोलिक विकटताका बावजुत एक हजार दुई सय मिटर लामो जीपलाइ निर्माण गरेर असम्भव कुरालाई काम गरेर सम्भावना पार्न सकिन्छ भन्ने कुरालाई प्रमाणित गरेको देखाएको समेत बताए।
जीपलाइन सञ्चालन पछि धादिङ जिल्लाको रोराङ बेनीघाट र गजुरी गाउँपालिका, मकवानपुरका थाहानगर, राक्सिराङ र मनहरी गाउँपालिकाका जीपलाइन पारखीलाई उत्कृष्ट गन्तव्यस्थल हुने अध्यक्ष मोक्तानले बताए ।धादिङसँग सिमाना जोडिएकाले जीपलाइन स्थल पुग्न बेनीघाट, थाहानगर र मनहरी बजार तीनै क्षेत्रबाट करिब ३३ किलोमिटर सडक सञ्जाल रहेको छ। बैकुण्ठमा जीपलाइन सँगै विभिन्न पर्यटकीय पार्कहरु समेत निर्माण भइसकेका छन् ।
यता उक्त स्थानमा जीपलाइनका लागि फोरजी कम्पनीले आव २०७९\८० मा एक करोड ९० लाख ९७ हजार खर्च लाग्ने भनी सवक्षर्णे गरी गाउँपालिकामा प्रतिवेदन बुझाएको गाउँपालिकाका योजना शाखा प्रमुख नरेन्द्र दत्तभट्टले बताएका छन्।
पालिकाले बहुवर्षिय योजना बनाई दुई स्थानमा स्टेशन, ब्रेकिङ सिस्टम(हारनेस) र तार निर्माण गरिएको उहाँले बताउनुभयो । ०८० माघमा ठेक्का प्रकाशित भएसँगै सन्ध्यानिर्माण सेवा सँग ८८ लाख ५६ हजार ७ सात६१ रुपैयाँमा ०८१ फागुन मसान्त सम्ममा सम्पन्न गर्नेगरी ठेक्का सम्झौता भएको प्रमुखभट्टले जनाएका छन्। जीपलाइन प्राविधिक एंव प्रशिक्षक बद्री घिमिरेले जीपलाईन चढेर परीक्षण गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button