मनहरी । मनहरीमा २ जना बालिकाहरुलाई श्रममा लगाएईको पाएको छ । बाल अधिकार समिति मनहरीकी संयोजक सीता पुलामी मगर , सिविन नेपाल मकवानपुरका प्रबन्धक झबिन्द्र ज्ञवाली , मनहरी गाउँपालिकाका महिला तथा बालबालिका शाखा प्रमुख शीला अधिकारी,पत्रकार , नगरप्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले मंगलबार मनहरी बजार क्षेत्रमा रहेको होटलहरुमा गरिएको संयुक्त अनुगमनको क्रममा २ जना बालिकालाई श्रममा लगाएको पाएको हो ।
अुनगमनको क्रममा होटल एसोसिएन मनहरीका अध्यक्षले सञ्चालन गरेको मनहरी –७ स्थित रोस्मित होटलमा एक बालिका र सागर होटलमा एक बालिका गरि २ जना बालिकाहरु श्रम गरिरहेको अवस्था फेला परेको मनहरी गाउँपालिकाकी उपाध्यक्ष तथा बालअधिकार समिति मनहरीकी संयोजक सीता पुलामी मगरले बताए ।
श्रम गरिरहेको अवस्था भेटिएको बालिकाहरुलाई उनिहरुकै अभिभावकलाई जिम्मा दिन आग्रह गरिएको थियो । होटल सञ्चालकहरुलाई श्रममा राख्नु भन्दा अगाडी उनिहरुको उमेर खुल्ने प्रमाण हेरेर मात्र राख्नु आग्रह गरिएको छ ।
निमय बिपरित उमेर नपुगेकाहरुलाई श्रममा लगाए आगामी दिन कडा कारबाही गरिने संयोजक पुलामीले बताइन ।