
हटौंडा । सहकारी क्षेत्रको एकमात्रै बैंक राष्ट्रिय सहकारी बैंक स्थापनाको २१औं बर्षमा प्रवेश गरेको छ ।
बि.सं. २०६० असार २५ गते दर्ता भई २०६० साउन १९ गतेबाट कारोबार शुभारम्भ गरेको अवसरमा बैंकको हेटौंडा शाखाले शुभकामना आदानप्रदान कार्यक्रम गरी स्थापना दिवस मनाएको छ ।
राष्ट्रिय सहकारी बैंक हेटौंडा शाखाका संयोजक नारायण प्रसाद देवकोटाको अध्यक्षतामा भएको कार्यक्रममा उद्योग, पर्यटन तथा सहकारी मन्त्रालय सहकारी महाशाखा प्रमुख एवम् सहकारी रजिष्ट्रर राधाकृष्ण खतिवडाको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथि खतिवडाले सहकारीको बिद्यमान समस्याको समाधान गर्नको लागि सहकारी बैंक, सहकारी संघ संस्थाहरुले बिशेष ध्यान दिनुपर्ने बताउनुभयो ।
त्यस्तै बैंकका हेटौंडा शाखा संयोजक नारायण प्रसाद देवकोटाले सहकारी संस्था र सहकारी बैंक बीचको सहकार्यले सहकारीमा आएका समस्याहरु समाधान गर्न सहगोग पुग्ने बताउनुभयो ।
कार्यक्रममा मकवानपुर जिल्ला सहकारी संघका निवर्तमान अध्यक्ष बद्रीप्रसाद लम्साल, हेटोंडा उपमहानगरपालिका सहकारी शाखा प्रमुख हिम प्रसाद पौडेल, जिल्ला बचत तथा ऋण सहकारी संघ मकवानपुरकी अध्यक्ष कल्पना श्रेष्ठ, मकवानपुर जिल्ला बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष रामहरि न्यौपाने, मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष हरि प्रसाद कंडेल लगायत सहकारी संघ संस्थाका सञ्चालक र कर्मचारीहरुको सहभागिता रहेको थियो ।
बंैकको हेटौंडा शाखा अन्तरगत ३ सय ३७ सदस्य संस्था मार्फत १ अर्ब २७ करोड बचत संकलन गरिएको छ भने ६९ करोड कर्जा लगानी रहेको शाखा प्रमुख रामेश्वर अर्यालले बताउनुभयो ।
हाल देशका बिभिन्न स्थानमा ६८ वटा शाखा र एउटा कर्पाेरेट कार्यलय रहेको राष्ट्रिय सहकारी बैंकमा ७७ वटै जिल्लाका १६ हजार ६० वटा सहकारी संघ संस्थाहरु सदस्य रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्






