समाचार

३ दिने प्रथम पदमपोखरी सांस्कृतिक महोत्सव हुने


हेटौडा । हेटौं डा उपमहानगरपालिका वडा नं.– १३ पदमपोखरी लोकतान्त्रिक चोकमा प्रथम पदमपोखरी सांस्कृतिक महोत्सव हुने भएको छ । बुधबार महोत्सव मुल समारोह समितिले पत्रकार सम्मेलनको आयोजना गर्दै आगामी फाल्गुन ४, ५ र ६ गते तिन दिने महोत्सव हुने सम्बन्धमा जानकारी गराएको हो ।

संस्कार संस्कृति एवम् कला र साहित्यको जगेर्ना गरौं, स्थानिय व्यापार कृषि उपज उत्पादनलाई प्रवर्धन गरौं भन्ने मुल नाराका साथ महोत्सवको आयोजना गर्न लागिएको महोत्सव समारोह समितिका संयोजक रञ्जु गोम्जाले बताउनु भयो ।

पदमपोखरीको पहिचानलाई उचाईमा उठाउन आन्तरिक पर्यटनलाई टेवा पुर्याउने कार्यक्रमको उद्देश्य रहेको उहाँले बताउनु भएको छ । महोत्सवले उत्पादन र बजारीकरणको अवधाराणाको विकास, स्थानिय व्यापार, कृषि उपज उत्पादनलाई प्रवर्धन गर्न र वडावासीको आर्थिक स्थितिलाई माथि उठाउन सहयोग गर्ने वडा अध्यक्ष पेम्बा लामाले बताउनु भयो ।

महोत्सवमा स्थानिय परम्परागत उपभोग्य कृषि उपज सामाग्रि , आधुनिक सिपमा विभिन्न सामान उत्पादन, बांस जन्य सामाग्रि, खानाका विभिन्न परिकारहरुका ८० वटा स्टलहरु रहने र मदिराजन्य पदार्थको बिशेष रोक रहने जनाएको छ ।

यस्तै नेपालि राष्ट्रिय मौलिकतालाई झल्कने गरी राष्ट्रिय तथा स्थानिय कलाकारहरुको बेजोड प्रस्तुति समेत रहने महोत्सव समारोह समितिका कलाकार संयोजक धिरेन लोप्चनले जानकारी दिनु भयो ।

कलाकारहरु रोज मोक्तान, पृति आले, टिका बोम्जन, प्रकाश तितुङ, साम्तेन मोक्तान, विक्रम लुङ्वा लगायतले सांगितिक प्रस्तुति दिने र अन्य स्थानिय कलाकारहरुले संस्कृति र मौलिकता झल्कने खाल्का नृत्य प्रस्तुत गरिने बताईएको छ ।

यसै गरी महोत्सव सम्पन्न गर्न १० लाख खर्च लाग्ने अनुमान आयोजकले गरेको छ । हेटौंडा उपमहानगरपालिकाका अन्य १८ वटै वडाबाट दर्शकले महोत्सव अवलोकन गर्ने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button