
मनहरी । कैलाश गाउँपालिका वडा नम्बर – ३ का नवनिर्वाचित अध्यक्ष देबलाल बलले मंगलबार दोस्रो कार्यकालका लागि पदभार ग्रहन गरेका छन । मंगलबार ३ नम्बर वडा कार्यालयमा एक कार्यक्रमका बिच बलले निर्वाचित पछि दोस्रो कार्यकालका लागि पदभार ग्रहण गरेका हुन ।
पदभार ग्रहण गर्दै अध्यक्ष बलले जनताको अपेक्षा अनुसार काम गर्ने प्रतिबद्धता जनाए । आफू जनताको काम गर्न आएकाले जन-चाहना अनुसार काम गर्न कहिल्यै पछि नहट्ने बताए । जन – भावना अनुसार काम गर्नका लागि वडा कार्यालयबाट प्रवाह हुने सेवा बारे जनताकै घर- घरमा पुगेर छिट्टै सुझाव सङकलन गरिने अध्यक्ष बलले बताए ।
त्यसै गरि पदभार ग्रहण गरे पश्चात नमस्ते मनहरी संग प्रतिक्रिया व्यक्त गर्दै बलले ३ नम्बर भित्र रहेका अधुरा कामहरुलाई विशेष प्राथमिकतामा राखि काम गरिने बताए ।त्यसका साथै कृषिमा आधुनिक प्रविधिको प्रयोग गरि उत्पादनमा वृद्धि गराई युवाहरुलाई स्थानीय स्तरमा रोजगारको सृजनामा जोड दिने बताए ।
