समाचार

भलिवल संगै संस्कृति र पर्यटन केन्द्रीत कार्यक्रम गर्दै थाहा कला केन्द्र


सानोबाबु मुक्तान
थाहानगर । उत्तरी मकवानपुर पालुङमा रहेको थाहा कला केन्द्रले विच भलिवल सङ्गै सास्कृतिक महोत्सब पनि गर्ने भएको छ । केन्द्रले भलिबल सङ्गै सास्कृतिक महोत्सब पनि हुने जानकारी गराएको छ । केन्द्रले असोज १४ देखि १७ गतेसम्म थाहा नगरमा पहिलो पटक विच भलिवलको आयोजना गर्दैछ ।  थाहा ३ स्थित जनकल्याण माविको प्राङ्गणमा हुने भनिएको प्रतियोगिताकै बिच केन्द्रले अन्य आकर्षणहरुमा हरेक दिन राष्ट्रीय तथा स्थानिय कलाकारहरुको प्रस्तुतिको सास्कृतिक कार्यक्रम, स्थानिय झाकि प्रदर्शनी, थाहा नगरको पर्यटकिय क्षेत्रको तस्वीर प्रदर्शनी बोर्ड तथा थाहा(१ का शारिरिक अपाङ्गता भएका अमिर बम्जनले मुखले बनाएका चित्रकला प्रदर्शनी समेत गर्ने भनिएको छ ।
गीत सङ्गीत र अभिनयमा मात्रै सिमित नराखिएको कलाकेन्द्रले यस अघि पनि विविध सामाजिक कार्यक्रमहरुको आयोजना तथा व्यवस्थापन गर्दै आइरहेको छ ।  नगरमा पहिलो पटक आयोजना हुन लागेको विच भलिवल प्रतियोगितालाइ सरोकारवालाहरुले रुचिका साथ हेरेका छन । सामाजिक सन्जालहरुमा पनि प्रतियोगिताको प्रचार देख्न सकिन्छ । प्रतियोगिताकै विच कलाकेन्द्रले नेवारी खाजा प्रदर्शनी स्टल, विभिन्न भेराइटी खाजा खाना परिकार प्रदर्शनी स्टल, नगरको हस्तकता सामाग्री प्रदर्शनी तथा थाहानगरमै पहिलोपटक मैत्रीपुर्ण महिला भलिवल समेत आयोजना गरिने केन्द्रका अध्यक्ष सानोबाबु मुक्तानले जानकारी दिनुभयो ।
कार्यक्रम नजिकिदै गर्दा कार्यक्रमको तयारीलाई तिव्र पारिएको छ । कार्यक्रमलाइ थाहा स्पोर्ट्स एकेडेमिका अध्यक्ष युवराज विष्टले सम्योजन गर्ने भएका छन् । विष्ट थाहा २ का नव निर्वाचित वडा सदस्य पनि हुन् ।
थाहा नगर भलिवल संघ सङ्गको समन्वयमा गरिने विच भलिवलमा जिल्ला भरिका खेलाडिहरुले सहभागी हुन पाउनेछन् । भलिवलमा जम्मा दुई जनाको मात्रै टिम रहने भएकोले सहभागी टिम ५० भन्दा बढी हुन सक्ने थाहा नगर भलिवल संघ का अध्यक्ष वसन्त गोपालिले बताउनुभयो । प्रतियोगितामा प्रथम , दितिय र तृतिय हुने टिमले क्रमश नगद ५० हजार, २५ हजार र १० हजार शिल्ड मेडल तथा प्रमाण पत्र प्राप्त गर्नेछन । त्यस्तै प्रतियिगितामा उत्कृष्ट हुने टिमले ५ हजार र उत्कृष्ट खेलाडि एक जनाले समेत ५ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ । कार्यक्रमलाइ थाहा नगरपालिका , थाहाका संघसस्था, सहकारी, होटल ब्यबसायी, स्थानिय बुद्दिजिबी, तथा पत्रकारहरुको प्रत्यक्ष सहयोग रहेको छ । भने अन्य प्रायोजक हरु पनि सम्पर्कमा आइरहेको आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button