समाचार

मनहरीमा खेलकुद तथा व्यापार महोत्सव हुने


मनहरी । पश्चिम मकवानपुरको मनहरीमा खेलकुद तथा व्यापार महोत्सव  हुने भएको छ ।

यही  फागुन २१ गतेदेखि चैत्र ४ गतेसम्म मनहरी -८ सिमपानी स्थित फुटबल  खेल मैदानमा  खेलकुद तथा व्यापार महोत्सव हुने जनाएको छ ।

बिहीबार  मनहरी -३ लामिटारमा पत्रकार सम्मेलनको आयोजना गरि सो बारे जानकारी  दिएको छ ।

खेलकुद बिकास समिती मनहरीको  आयोजनामा हुने महोत्सवमा  गाउँपालिकाको -७ र ८ नम्बर वडाको  खेल मैदानहरूमा फुटबल, भलिबल, क्रिकेट, ब्याड्मिन्टन, र एथ्लेटिक्स प्रतियोगिताहरू सञ्चालन हुनेछन्।

खेलकुद विकास समिति मनहरीका अध्यक्ष विरु लामाका अनुसार, फुटबल, क्रिकेट, र एथ्लेटिक्स क्षेत्रीय रंगशालामा, भलिबल गणेशधारा खेल मैदानमा, र ब्याड्मिन्टन रमनटार कभर्डहलमा सञ्चालन हुनेछ।

विभिन्न खेलका विजेता र उपविजेताहरूलाई नगद पुरस्कार, ट्रफी, र प्रमाणपत्र प्रदान गरिने आज पत्रकार सम्मेलन गरी जानकारी दिएका छन्।

महोत्सवको उद्देश्य स्थानीय खेलाडीहरूको पहिचान, पालिकाको प्रवर्द्धन, र खेल तथा मनोरञ्जनलाई एकसाथ अघि बढाउनु हो।

महोत्सवमा २०० स्टलहरू रहनेछन्, र राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति समेत हुनेछ।

आयोजकहरूले एक लाख दर्शकको सहभागिता र करिब ५ करोड रुपैयाँको कारोबार हुने अपेक्षा गरेका छन्। महोत्सवबाट बचेको रकम खेलकुद क्षेत्रको विकासमा प्रयोग गरिने लामाले जानकारी दिए।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button