समाचार

जग्गाको मालिक हुने सुकुम्बासीहरुको सपना पुरा हुदै छ :सांसद बर्तौला


मनहरी । प्रतिनिधिसभा सदस्य महेश कुमार बर्तौलाले राष्ट्रपतिको भुमि सम्बन्धि अध्यादेशले भुमिहिन ,सुकुम्बासी तथा अव्यवस्थीत बस्तिको समस्या समाधान तर्फ उन्मुख भएको बताएका छन ।

भुमिहिन सुकुम्बासी अव्यवस्थीत संघर्ष समिति मनहरीद्धारा शुक्रबार पश्चिम मकवानपुरको मनहरी–६ डिपाडमा आयोजना गरेको नेपाल सरकारलाई धन्यबाद ज्ञापन तथा दिप प्रज्वलन कार्यक्रममा बोल्दै कार्यक्रमको प्रमुख अतिथि  समेत रहनु भएका बर्तौलाले सो कुरा बताएका हुन ।

लामो समय देखि समस्यको रुपमा रहेको भुमिहिन , सुकुम्बासी तथा अव्यस्थीत बस्ति राष्ट्रपतिले भुमि सम्बन्धि अध्यादेश जारी संगै मनहरी लगाएत देशभरका १४ लाख सुकुम्बासीहरु जग्गाको मालिक हुने पक्का भएको  बर्तौलाको भनाई छ ।

विगतका सरकाले जग्गा धनि पुर्जा दिन बिभिन्न आयोग गठन गरेता पनि काम गर्न नसकेको भन्दै बर्तौलाले अहिले गठन भएको आयोगले अबको केहि समयमै सुकुम्बासीलाई धनि पुर्जा प्रदान गरि जग्गाको मालिक बनाउने बताए ।

यस अघिको आयोगले बिभिन्न प्राविधिक काम मात्र गर्न सकेको र पुर्जा वितरणको काम गर्न नसकेकाले अहिले गठन भएको आयोगले लाल पुर्जाको आशा गरेका सुकुम्बासीहरुको सपना साकार हुने बताए ।

राष्ट्रिय निकुञ्ज र मध्यवर्ति क्षेत्रमा बसोबास गर्ने सुकुम्बासीहरुलाई धनि पुर्जा वितरण गर्न कानुनी समस्य नहुने गरि आयोग गठन भएकाले मनहरीका सुकुम्बासीहरुले लाल पुर्जा पाउनेमा कुनै समस्या नरहेको उनको भनाई ।

प्रतिनिधि सभा सदस्या महेश कुमार बर्तौलाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रम संर्घर्ष समिति मनहरीका अध्यक्ष क्षेत्र बहादुर मोक्तानको अध्यक्षतामा भएको थियो भने भुमि समस्या सामाधान आयोग मकवानपुरका अध्यक्ष बलराम बल ,मनहरी गाउँपालिकाका अध्यक्ष रन्जन कालाखेती , उपाध्यक्ष सीता पुलामी,  नेकपा माओवादी केन्द्र मकवानपुरका सचिव बीर बहादुर घलान (ज्वाला), नेपाली कांग्रेस मनहरीका सभापति प्रकाश बर्तौला , माओवादी केन्द्र मनहरीका अध्यक्ष बिर बहादुर घलान, नेकपा एमाले मनहरीका अध्यक्ष नविन सुवेदी लगाएतकाको उपस्थीत रहेको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button