
मनहरी । राक्सिराङ गाउँपालिका वडा नं. ३ मा रहेको भर्याङकाली सानाकिसान कृषि सहकारी संस्था लिमिटेडको ११ औँ बार्षिक साधारणसभा सम्पन्न भएको छ ।
राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्ल, जिल्ला कृषि सहकारी संघका सचिव लाल बहादुर थापा लगायतको उपस्थितिमा संस्थाको साधारणसभा सम्पन्न भएको हो ।
साधारणसभामा संस्थाका अध्यक्ष सानुमाया नेगीले बार्षिक प्रतिवेदन, लेखा समिति संयोजक मंजिला थोक्राले आर्थिक प्रतिवेदन र प्रबन्धन निशा दोङले बार्षिक कार्ययोजनासहितको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
साधारणसभामा बोल्नुहुदैँ राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले समृद्ध राक्सिराङ निर्माणमा सहकारीको भुमिका महत्वपुर्ण रहेको बताउनुभयो ।
उहाँले कृषि उत्पादन र जिविकोपार्जनमा सहकारीले खेलेको भुमिकाको प्रशंसा गर्दै सहकारीसँग पालिकाले समन्वय गर्दै अगाडी बढ्ने बताउनुभयो ।
कार्यक्रममा विभिन्न ब्यक्ति तथा संघसंस्थालाई सम्मानसमेत गरिएको थियो । सहकारीका जेष्ठ सदस्य, उत्कृष्ट ऋणी, उत्कृष्ट बाल बचतकर्ता, उत्कृष्ट दुग्ध उत्पादक, उत्कृष्ट कृषकलगायतलाई सम्मान गरिएको हो ।
कार्यक्रममा जिल्ला कृषि सहकारी संघका सचिव लाल बहादुर थापा, वडाअध्यक्ष उत्तम वाइबा, नेपाली काँग्रेस गाउँ सभापति बिरेन्द्र जिम्बा, नेकपा एमाले गाउँकमिटि अध्यक्ष सिगंराम रुम्बा रोहन, सुन्तली माया चेपाङ लगायतले मन्तव्य राख्नुभएको थियो ।
संस्थाका उपाध्यक्ष सर्मिला स्याङतानले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रम संस्थाका अध्यक्ष सानुमाया नेगीको सभाध्यक्षतामा सम्पन्न भएको थियो ।






