खेलकुद

मकवानपुरमा पहिलो पटक शनिबार रग्बी खेल हुदै


हेटौडा । मकवानपुरमा पहिलो पटक हेटौंडामा शनिबार रग्बी खेल हुने भएको छ ।शुक्रबार हेटौडामा पत्रकार सम्मेलानको आयोजना गर्दै खेल बारे जानकारी दिएको हो । हेटौंडा उपमहानगरपालिका वडा नमवर ५ क्याम्पा चौरमा सञ्चालन हुने खेलमा शनिबार मकवानपुर र चितवनबीच मैत्रीपूर्ण खेल हुने रग्बी संघ मकवानपुरका अध्यक्ष लिलाकुमार घलानले जानकारी दिए । पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष घलानले रग्बी खेलाडी उत्पादनको लागि प्रशिक्षण कार्यक्रम भइरहेको समयमा महिला र पुरुष छुट्टा छुट्टै मैत्रीपूर्ण खेल खेलाउन लागिएको बताए ।

खेल शनिबार बिहान ८ बजे सुरु हुने रग्बीका राष्ट्रिय खेलाडी बिक्रम भारतीले जानकारी दिए । कार्यक्रममा जिल्ला खेलकुद विकास समितीका कार्यालय प्रमुख माधव कोइरला, राष्ट्रिय खेलाडी तथा रेफ्री सिलन श्रेष्ठ, प्रेम कोईरला लगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button