
मनहरी । नेकपा माओवादी केन्द्र मनहरी गाउँ कमिटीले सम्मेलनको तयारी थालेको छ ।
शुक्रबार गाउँ कमिटीको बैठक बसि बैठक तयारी बारे छलफल गरेको छ।
नेकपा माओवादी केन्द्रका केन्द्री,सदस्य श्रद्धा लामाको प्रमुख आतिथ्यामा बसेको बैठकले गाउँ कमिटीको सम्मेलन यहि पौष १८ गते गर्ने निर्णय गरेको छ ।
सम्मेलनबाट माओवादी केन्द्र मनहरीले नयाँ नेतृत्व पाउने छ । पछिल्लो समय माओवादी केन्द्रमा देशै भरि पार्टी प्रवेशको लर्को बढेको छ। त्यसको प्रभाव मनहरीमा पनि परेको छ। पछिल्लो समय मनहरी मा पनि विभिन्न पार्टी परित्याग माओवादी केन्द्रमा प्रवेशको लागि इच्छा व्यक्त गर्नेको सङ्ख्या बढेको पार्टीले जानकारी दिएको छ ।
त्यस कारण मनहरीमा पार्टीले नयाँ नेतृत्व पाए संगै थप सुदृढीकरणस हुने पार्टीका नेताहरुले बिश्वास लिएका छन।
नेकपा माओवादी केन्द्रका केन्द्री,सदस्य श्रद्धा लामाको प्रमुख आतिथ्यामा भएको बैठक गाउँ कमिटी अध्यक्ष रामप्रसाद कालाखेतीको सभाध्यक्षतामा भएको थियो भने प्रदेश कमिटी सदस्य सीता पुलामी मगर, नेकपा माओवादी केन्द्र मनहरी गाउँ कमिटी इन्चार्ज रामहरि सुवेदी , नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति मकवानपुरका सदस्य राजकुमार पाख्रीन लगाएत गाउँ कमिटीका नेता तथा कर्याकर्ताहरुको उपस्थिति रहेको थियो ।






