समाचार

रुखको हाँगोले लाग्दा महादेव प्रजाको ज्यान गयो


मनहरी । पश्चिम मकवानपुरको राक्सिराङ गाउँपालिका वडा न.-५ ठाडेका एक बृद्ध रुखको हाँगोभाँचेर लाग्दा ज्यान गएको छ ।

आइतबार बिहान खुलो खन्ने क्रममा सिमलको हाँगा भाँचेर लाग्द राक्सिराङ – ५ ठाडे निवासी ५२ वर्षिय महादेव प्रजाको ज्यान गएको हो ।

राक्सिराङ–३ सिमलडाँडा जंगलमा पानीको कुलो खन्नका लागि ठाडेका ९–१० जना आइतबार बिहान पुगेका थिए ।

कुलो खन्ने क्रममा एक्कासी सिमलको रुखको हाँगा भाँचिएर खस्न जाँदा प्रजालाई लागेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button