
राक्सिराङ । गर्मीयाम लागेसँगै वन जंगलमा लाग्ने डढेलो नियन्त्रणसम्बन्धि २ दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
राक्सिराङ गाउँपालिकाले विभिन्न सामुदायिक वन उपभोक्ता समुहका पदाधिकारी तथा विपद स्यवमसेवकहरुका लागि डढेलोसम्बन्धि अभिमुखीकरण कार्यक्रम गरेको हो ।
कार्यक्रममा डढेलो लाग्न नदिन गर्नुपर्ने पुर्वतयारी, लागिरहेको समयमा गरिने डढेले नियन्त्रण, डढेलोबाट हुने क्षति न्युनिकरणलगायत बिषयमा प्रशिक्षण दिइएको थियो ।
जंगलमा डढेलो लागिरहेको अवस्थामा कसरी नियन्त्रण गर्नेबारे प्रयोगात्मक अभ्यास समेत गराइएको थियो ।
सहभागीहरुलाई डिभिजन वन कार्यालय राप्तीका सहायक वन अधिकृत गगन शर्मा, सब डिभिजन वन कार्यालयका सुजन मुक्तानसहितले सहजीकरण गर्नभएको थियो ।
गर्मी बढेसँगै सुख्खा हुने जंगलमा डढेले लाग्ने र महत्वपुर्ण वन पैदावार, वन्यजन्तु तथा मानव जीवनमै ठुलो क्षेति पुर्याउने भएकाले डढेलो नियन्त्रणमा समुदायले चासो दिनुपर्ने सहायक वन अधिकृत शमाले बताउनुभयो ।
कतिपय मानिसमा चेतनाको अभावले पनि डढेलो लगाउने भएकाले जनचेतनामुलक कार्यक्रमहरु गर्नुपर्ने उहाँले बताउनुभयो ।
राक्सिराङ अधिकांश वन जंगलमा बर्षेनि डढेलोले ठुलो क्षति पुर्याएकाले यसको नियन्त्रण तथा न्युनिकरण गर्ने उद्धेश्यले कार्यक्रम आयोजना गरिएको गाउँपालिकाका समाजिक विकास अधिकृत गोविन्द अधिकारीले बताउनुभयो ।
कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ गाउँपालिका कमिटिका अध्यक्ष सन्तोष थापा, विभिन्न सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष तथा प्रतिनिधिसहित ४० जनाभन्दा बढिको सहभागिता रहेको थियो ।






