
मनहरी । मनहरी गाउँपालिका वडा नं.–६ का अध्यक्ष युवराज थपलिया माथि हातपात गर्ने एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सोमबार साँझ मनहरी–६ जोगितालमा वडा अध्यक्ष थपलियालाई मादक पदार्थ सेवन गरेको एक युवकले एक्कासी हातपात गरेका थिए ।
जोगितालमा भोलि देखि सुरु हुन लागेको स्ल्याब ढलानको अन्तिम तयारी बारे फिल्ड अवलोकन गरिरहेका बेला एक्कासी ति युवाकले आक्रमण गरेको वडा अध्यक्ष थपलियाले बताए ।
थपलियालाई स्थानीय महिलाहरुको अगाडीनै तथानाम गालि गरेर एक मुक्का प्रहार गरि आक्रमण गरेका थिए । आक्रमण गरे लगक्तै उनलाई प्रहरी आएर नियन्त्रणमा लिएको वडा अध्यक्ष थपलियाले जानकारी दिए ।
ति युवकले के कति कारण आक्रमण गरेको भन्ने विषयमा आफु अनविज्ञ रहेको थपलियाको भनाई छ । विना कारण आक्रमण गर्ने युवा विरुद्ध भोलि जाहेरी दिने तयारी गरिएको अध्यक्ष थपलियाको भनाई छ।






