
मनहरी । मनहरी गाउँपालिका वडा न-२ भुन्द्रुङ टाडीमा आयोजना गरेको ल्होछार विशेष सांस्कृतिक भएको छ ।
मनहरी एकता तामाङ समाज भुन्द्रुक टाडीको आयोजना , मनहरी -२ र मनहरी गाउँ कार्यापालिकाको कार्यालय रजैयाको विशेष सहयोगमा कार्यक्रम भएको हो ।
मन्जुश्री सम्वत २८६० सोनाम ल्होछारको अवसरमा आयोजित उक्त कार्यक्रममा चर्चित कलाकार बुद्धि तामाङ , हुर्हुरे , सेलो गायिका निर्मला घिसिङ, रबीनकुमार चेपाङ, अबिराम मुक्तान ,सुर्य तामाङ, तामाङ र्यापर ईमान लामा र दिनेश लामाको बिशेष प्रस्तुति रहेको थियो ।

कार्यक्रममा नेपाल तामाङ घेदुङका पुर्व महा सचिव काजिमानले ल्होछार पर्व बारे प्रशिक्षण समेत दिएका थिए ।

मनहरी गाउँपालिकाका अध्यक्ष रन्जन कालाखेतिको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा मनाही -२ क वडा अध्यक्ष राजकुमार पाख्रीन , नेकपा एमाले जिल्ला सदस्य , समाजसेवी, तथा कलाकार बीरेन डिसि , नेपाल तामाङ घुदुङ मकवानपुरका उपाध्यक्ष आत्माराम मोक्तान ,सचिव किरणमान बल नेकपा मकवानपुरका ईन्चार्ज राम घलान( वाटर) ,तामाङ पत्रकार संघ बागमती प्रदेशका उपाध्यक्ष ज्ञानेन्द्र तामाङ , तामाङ पत्रकार संघ मकवानपुरका अध्यक्ष जयराम मुक्तान लगाए बिभिन्न संघसस्थामा आबद्ध व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा तामाङ पत्रकार संघ मकवानपुरका अध्यक्ष जयराम मुक्तानलाई पत्रकारीता क्षेत्रबाट तामाङ समाजमा योगदान पुर्याएको भन्दै नगद सहित सम्मां पनि गरिएको थियो ।






