
मनहरी । मनहरी गाउँपालिका वडा नं.–२ भुन्द्रुङ टाँडीमा चर्चित हाँस्य कलाकार बुद्धि तामाङ (हैट) आउने भएका छन ।
मञ्जुश्री संवत २८६० डुक ल्होको अवसरमा मनहरी एकता तामाङ समाजको आयोजनामा यहि फाल्गुन ५ गते हुने ल्होछार विशेष साँस्कृतिक कार्यक्रममा आफ्नो प्रस्तुती दिन तामाङ आउन लागेको हो ।
हाल नेपाली चलचित्र क्षेत्रमा निकै व्यस्त अभिनेताको रुपमा रहेको तामाङ संगै चर्चित सेलो गायिका निर्मला घिसिङ पनि आउने छन । ल्होछारको अवसरमा फागुन ४ गते बौद्ध धर्म गुरुद्वारा प्रवचन पूजापाठ गर्ने र ५ गते राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती रहने आयोजकले जनाएको छ ।
कार्यक्रममा तामाङ समुदायको सँस्कार–सँस्कृतिक झल्किने खालको तामाङ सेलो नृत्य प्रतियोगिता सञ्चालन हुने हुदा प्रतियोगितामा भाग लिन समयमा नाम टिपाउन समेत आयोजकले सबैमा आग्रह गरिएको छ ।






