
मनहरी । मनहरी गाउँपालिका भित्र सञ्चालित बिभिन्न योजनाहरुको ढिला सुस्ती र बेतिथि बढेको भन्दै ध्यानाकर्षण पत्र बुझाएको छ ।
मनहरीमा क्रियशिल बिभिन्न राजनैनिक दलहरुले संयुक्त रुपमा मंगलबार गाउँपालिका उपाध्यक्ष सीता पुलामी मगरलाई ध्यानाकर्षण पत्र बुझाएको हो ।
नेकपा माओबादी केन्द्र मनहरी गाउँ कमिटिका अध्यक्ष रामप्रसाद कालाखेती , नेकपा एमाले मनहरीका अध्यक्ष नविन सुबेदी , राष्ट्रिय स्वतन्त्र पाटी मनहरीका सभापति गोबिन्द सापकोटा,नेकपा एकिकृत समाजवादी मनहरीका सचिव ओमकुमार मगर र राप्रपाका बागमती प्रदेश सदस्य अञ्जु कार्कीले संयुक्तरुपमा ध्यानाकर्षण पत्र बुझाएको हो ।
उनिहरुले मनहरी गाउँपालिकाको बिभिन्न स्थानमा निर्माणाधिन पक्की पुलको निर्माण कार्य निकै ढिला भएको , ढुङगा गिट्टी बालुवामा कर छुट भएको , पाडा वितरणमा अनियमितता भएको, गाउँपालिका अध्यक्षले निजि गाडीमा सरकारी सेवा सुबिधा प्रयोग गरेको र मनहरी निर्माणाधिन मनहरी अस्पतालमा कमसल सामाग्री प्रयोग गरेको भन्दै खबरदारी गर्नका लागि संयुक्तरुपमा ध्यानाकर्षण पत्र बुझाएको हो ।
ध्यानाकर्षण पत्र बुझ्दै गाउँपालिका उपाध्यक्ष मगरले गाउँपालिका भित्र अनियमितता रहेको भन्ने कुरा तत्काल बुझी त्यसको निराकरण गर्ने प्रतिबद्धता जनाए ।





