
कैलाली । कैलालीको मोहन्याल गाउँपालिकाका अधिकृत दिपेन्द्र बुढा क्षेत्री घुस रकमसहित पक्राउ परेका छन् । क्षेत्री बिउबिजन सामाग्रीको रकम भुक्तानीबापत ३० हजार रुपैयाँ घुसरकमसहित पक्राउ परेका हुन् ।
क्षेत्री घोडाघोडी नगरपालिका १ स्थित होटेल नवरत्नबाट बिउबिजन सामाग्रीको रकम भुक्तानीबापत गैरकानुनी कमिशन ९घुस० मागेको सूचनाको आधारमा क्षेत्रीलाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग कंचनपुर कार्यालयले जनाएको छ । क्षेत्रीलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्






