स्थानिय

सिविन नेपालद्वारा मनहरीका १६ बालबालिकाको परिवारलाई खाद्य सामाग्री सहयोग

मनहरी । मनहरी गाउपालिकाको बिभिन्न्न वडामा रहेको बिपन्न विद्यार्थीको घर परिवारलाई सिविन नेपालले खाद्य सामाग्री सहयोग गरेको छ ।

सिविन नेपाल बालहेल्पलाईन १०९८ ले शुक्रबार एक कार्यक्रमका बिच बिपन्न १६ बालबालिकाको घर परिवार लाई दशै खर्च स्वरुप खाद्यान्न सामाग्री बितरण गरिएको हो ।

सबैको घरमा दशै मनाईरहदा बिपन्न बालबालिकाको घरमा समेत सहज रुपमा दशै मनाउन भन्दै खाद्य सामाग्री सहयोग गरिएको सिविन नेपाल मनहरीका प्रतिनिधि राजेन्द्र कुमार मोक्तानले बताए ।

मनहरीमा सिविन नेपाल लामो समय देखी यस क्षेत्रका बालबालिकाहरुलाई शैक्षिक सामाग्री , स्वास्थ सेवा र
बालबालिका को परिवार लाई आय आर्जनको क्षेत्रमा सहयोग गर्दै आईरहेको छ ।

साथै मनहरी गाउपालिका मा बालश्रम न्यूनीकरण लगाएता विभिन्न गतिविधि संचालन गर्दै आईरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button