समाचार

मनहरी -२ मा हुने ल्होछार विशेष साँस्कृतिक कार्यक्रमको तयारी पूरा


मनहरी । मकवानपुरको पश्चिमी क्षेत्र मनहरी–२ मा ल्होछारको अवसरमा हुने दुई दिने बृहत ल्होछार साँस्कृतिक कार्यक्रमको तयारी पूरा भएको छ ।

मनहरी एकता तामाङ समाजको आयोजानमा यही फगुन ४ र ५ गते हुने बृहत सास्ँकृतिक कार्यक्रमको तयारी पूरा भएको  आयोजकले जनाएको छ ।

तामाङ समुदयले नयाँ वर्षका रुपमा मनाउने पर्व २८६० डुक ल्हो सोनाम ल्होछारको अवसरमा साँस्कृतिक जगेर्नको लागि फागुन ४ गते  बौद्ध धर्म गुरु खेन्पो सर्वजित गोङबाद्वारा प्रवचन पूजापाठ भएको आयोजकले जनाएको छ ।

कार्यक्रमको दोस्रो दिन  फागुन ५ गते चर्चित कलाकार बुद्धि तामाङ, गायिका निर्मला घिसिङ, अविराम मोक्तान, रविन कुमार चेपाङ, इमान लामा, दिनेश लामा सुर्य तामाङ लगायत राष्ट्रिय तथा स्थानीय कलाकारहरुले प्रस्तुती दिनेछन् ।

त्यसै गरि कार्यक्रममा तामाङ समुदायको सँस्कार–सँस्कृतिक झल्किने खालको तामाङ सेलो नित्य प्रतियोगितामा सहभागि हुनसमेत आग्रह गरिएको छ ।

सँस्कार–सँस्कृति एउटा समुदायको मात्र नभइ पुरै राज्यकै हो भन्ने उद्देश्यले उक्त कार्यक्रममा सहभागी भई कार्यक्रमलाई सभ्य र भव्य तरिकाले सफल बनाउन आयोजक टिमले सबैलाई अनुरोध गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button