
मनहरी। पश्चिमी मकवानपुरकोमनहरी–२ मा ल्होछारको अवसरमा २ दिने बृहत कार्यक्रम हुने भएको छ । तामाङ समाज मनहरीको आयोजनामा २८६० (डुक ल्हो) सोनाम ल्होछारको अवसरमा आउदो फगुन ४ र ५ गते पुजा पाठ तथा बृहत साँस्कृतिक कार्यक्रम आयोजना गर्न लागिएको हो ।
तामाङ समुदयले नयाँ वर्षका रुपमा मनाउने पर्व २८६० डुक ल्हो सोनाम ल्होछारको अवसरमा साँस्कृतिक जगेर्नाको लागि फागुन ४ गते बौद्ध धर्म गुरुद्वारा प्रवचन पूजापाठ गर्ने र ५ गते राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती रहने आयोजकले जनाएको छ ।
कार्यक्रममा तामाङ समुदायको सँस्कार–सँस्कृतिक झल्किने खालको तामाङ सेलो नृत्य प्रतियोगिता सञ्चालन हुने हुदा प्रतियोगितामा भाग लिन समयमा नाम टिपाउन समेत आयोजकलेसबैमा आग्रह गरिएको छ ।






