समाचार

मनहरी -४ को बनकरीया र चेपाङ बस्तीमा १ सय ५० थान फाईबर सिरक वितरण


मनहरी । मकवानपुरको मनहरी गाउँपालिका वडा न.-४ नयाँबस्ती र बनकरिया बस्तिका स्थानीयलाई न्यानो कपडा बितरण गरिएको छ ।

नेपाल डिस्टिलरी प्रालिको सहयोगमा मनहरी -४ का वडा अध्यक्ष प्रकास थापाले आइतबार एक कार्यक्रमको आयोजना गरि १सय ५० थान न्यानो कपडा फाईबर सिरक बितरण गरिएको हो ।

गरिबिकै कारण जाडोयाममा कष्टकर जिवन बिताईरहेको बनकरिया तथा चेपाङ परिबारलाई आफ्नो ब्यापारिक सस्थाले आफ्नो सामाजिक उतरदायित्व अन्तर्गत सहयोग गरिएको उक्त सस्थाका प्रतिनिधि कृष्ण कुमार चुडिवालाले बताए ।

गरीब तथा बिपन्न वर्गहरुलाई लामो समय देखि बिभिन्न सहयोग गर्दै आईरहेको चुडिवालाले बताए ।

मनहरी गाउँपालिका वडा न.-४ का अध्यक्ष प्रकाश थापाको सभाध्यक्षतामा भएको कार्यक्रममा नेपाल डिस्टिलरी प्रालिकोका प्रतिनिधि कृष्ण कुमार चुडोवालाको प्रमुख आथित्यमा भएको कार्यक्रममा जनक राज रेग्मि ,विजय मल्ल लागएतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button