मनहरी । मनहरी गाउँपालिकामा राष्ट्रपति रनिङ शील्ड छनौट प्रतियोगीता सुरु भएको छ । सोमबार एक बृहत कार्यक्रमको आयोजना गरी मनहरी गाउँपालिकाका अध्यक्ष रन्जन कालाखेतिले छनौट प्रतियोगिताको उदघाटन गरे ।
प्रतियोगिताको उद्घाटन समारोहमा विभिन्न विद्यालयका विद्यार्थीहरुले विभिन्न प्रस्तुति सहित मार्चपास गरेका थिए । विद्यार्थीहरुले मार्चपासमा आफ्नो विद्यालयको नाम लेखेको व्यानर र नेपालको राष्ट्रिय झण्डा लिएर सहभागी भएका थिए ।
दुइ दिन सम्म चल्ने प्रतियोगीतमा पालिका भित्रका सामुदायिक र संस्थागत गरी माध्यमिक तहका १३ बिद्यालय सहभागी छन । खेलमा कबड्डी, भलिवल, रिले दौड, उफ्रने र फ्याँक्ने हाईजम्प, लङ्जम्प, ज्याभलिङ थ्रो र सटफुट लगायतका प्रतियोगीताहरु सञ्चालन हुनेछन् ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सीता पुलामी मगर, ३ नं वडाअध्यक्ष अनन्त प्रकाश अर्याल वडा नम्बर -४ अध्यक्ष प्रकाश थापा, गाउँपालिका प्रमुख प्रशाकिय अधिकृत , शिक्षा शाखा प्रमुख प्रदिप पराजुलि , माओवादी केंद्र बागमती प्रदेश सचीवालय सदस्य बीर बहादुर घलान (ज्वाला) लगाएतको उपस्थित रहेको थियो ।
रोटरी माध्यमीक विद्यालयका प्रधानाध्यापक गोविन्द पौडेलले सञ्चालन गर्नुभएको कार्यक्रम खेलकुद विकास समिति मनहरीका संयोजक विरु लामाको सभाध्यक्षतामा सञ्चालन भएको थियो ।
छनौट प्रतियोगिता मनहरी गाउँपालिकाको आयोजना र राष्ट्रिय रोटरी माविको व्यवस्थापनमा संचालन भएको हो ।