
मनहरी । मनहरीमा क्रियशिल पाँच राजनितिक दलले ठेकेदारले काम नगरेको भन्दै बिरोध प्रदर्शन गरेका छन । नेकपा एमाले, नेकपा माओवादी केन्द्र , नेकपा एकीकृत समाजवादी , राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी मनहरीले संयुक्त रुपमा ठेक्का लिएर काम नगरेको भन्दै बिरोध गरेका हुन् ।
पुलको ठेक्का लिएर काम नगर्ने सांसद इन्द्र बहादुर बानियाँको फोटो व्यानरमा राखेर पाँच दलले बिरोध प्रर्दशन गरेका छन् । मनहरीमा पुल निर्माणको ठेक्का लिएर पनि काम नगर्ने बागमती प्रदेशसभाका सदस्य इन्द्र बहादुर बानियाँ सहितका फोटोहरु व्यानरमा राखेर यस क्षेत्रमा प्रर्दशन गरिएको हो ।
पुल निर्माण गर्नका लागि बानियाँको कम्पनिले ठेक्क लिएपनि काममा धेरैनै ढिलासुस्ती गरेको, तोकिएको समयमा काम सम्पन्न नगरेको लगायतका मागहरु राख्दै आएका पाँच दलले बिरोधको नयाँ शैली अनुसार व्यानरमा फोटो रोखेर प्रर्दशन गरेका हुन् ।
उनी सहित अरु ठेकेदारहरुको पनि नाम र फोटो राखेर काम सम्पन्न नगरी अलपत्र पारेको निर्माण स्थलमा पाँच दलले प्रर्दशन गरेका हुन् ।
मनहरी गाउपालिकामा भैरहेको योजनाहरूको ढिला सुस्ति, पाँच वटा पुल निर्माणमा भइरहेको ढिलाइ, गाउँपालिकामा भइरहेको निरन्तरको अनियमितता लगायतका विषयमा पाँच राजनैतिक दलले संयुक्त रुपमा ध्यानाकर्षण गराईए पनि चासो नदिएपछी चरणबद्ध आन्दोलनमा उत्रिएको हो ।






