मनहरी । मकवानपुरको मनहरी गाउँपालिका–९ ज्यामिरेस्थित पूर्व–पश्चिम राजमार्गबाट प्रहरीले ११ केजी ७३४ ग्राम गाँजासहित एक जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मिति २०८३ असार २९ गते बिहान करिब ११:०० बजे इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको गस्ती टोलीले चितवनबाट हेटौंडातर्फ आउँदै गरेको ना २८ प ८६२३ नम्बरको मोटरसाइकल रोकी शंकाको आधारमा जाँच गरेको थियो।
जाँचका क्रममा मोटरसाइकल चालक चितवन जिल्ला, राप्ती नगरपालिका–१३ निवासी ३१ वर्षीय मनिष प्रजाले पछाडि बोकेको कालो झोलाभित्र लुकाइछिपाइ ल्याएको ११ केजी ७३४ ग्राम गाँजा फेला परेको प्रहरीले जनाएको छ।
प्रहरीले गाँजा, मोटरसाइकल तथा चालकलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय मनहरीमा राखी लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान अघि बढाएको जनाएको छ।
प्रतिक्रिया दिनुहोस्






