समाचार

दक्षिणकाली सामुदायिक वनको २२ औँ साधारणसभा सम्पन्न


राक्सिराङ । राक्सिराङ गाउँपालिका वडा नं. ५ मा रहेको दक्षिणकाली सामुदायिक वन उपभोक्ता समुहको २२ औँ साधारण भेला सम्पन्न भएको छ ।

समुहका अध्यक्ष रमेश प्रजाको अध्यक्षता र सब डिभिजन वन कार्यालय राक्सिराङका वन अधिकृत सुजन मोक्तानको प्रमुख आतिथ्यतामा भेला सम्पन्न भएको हो ।

भेलामा संस्थाको कोषाध्यक्ष मेघनाथ वाइबाले आर्थिक प्रतिवेदन र अध्यक्ष रमेश प्रजाले प्रगति प्रतिवेदन तथा अगामी बर्षको बार्षिक कार्ययोजना प्रस्तुत गरिएको थियो ।

उपभोक्ता र उपस्थित सहभागीहरुबीच छलफल र अन्तरक्रिया गरिएपछि प्रतिवेदनहरु पारित गरिएको थियो ।

भेलामा राक्सिराङ गाउँपालिकाका कार्यपालिका सदस्य चन्द्रमान प्रजा, सामुदायिक वन उपभोक्ता महासंघ राक्सिराङका अध्यक्ष सन्तोष थापा, छिमेकी वन समुहका अध्यक्षहरु, राक्सिराङ गाउँपालिकाका वन प्राविधिक अनुप पोखरेललगायतको अतिथ्यता रहेको थियो ।

अतिथिहरुले वनको संरक्षणमा समुदायको भुमिका महत्वपुर्ण हुने भन्दै समुदाय नै जागरुक हुनुपर्नेमा जोड दिएका थिए । मानिसको जीवन नै वनमा आश्रित हुने भएकाले वनको संरक्षणसँगै व्यवस्थापनमा लाग्न सबैले आग्रह गरे ।

घाँस, दाउरा र अन्य काठका लागि वन क्षेत्रमा हुने अतिक्रमण रोक्न सबै एकजुट भएर लाग्नुपर्ने सहभागीहरुले आवाज उठाए ।

वन क्षेत्रमा अनाधिकृत गतिविधि गरेको पाइएमा वन कार्यालयमा उजुरी दिन सकिने वन अधिकृत सुजन मोक्तानले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button