समाचार

मनहरी–६ को स्वास्थ सेवा केन्द्रमा रहेको माईक्रोस्कोप प्रयोग बिहिन


मनहरी । मनहरी गाउँपालिका वडा नं.–६ मा रहेको पुष्पलाल स्मृती आधारभुत स्वास्थ सेवा केन्द्रमा रहेको ल्यावमा प्रयोग गर्ने माईक्रोस्कोप प्रयोग बिहिन बनेको छ । विराट नेपाल मेडिकल ट्रष्ट हेटौडाले मनहरी–६ को सेवाग्राहीहरुको सहजताका लागि सहयोग स्वरुप प्रदान गरिएको करिब साँढे दुई लाख बराबरको माइक्रोस्कोप ल्याब कर्मचारी अभावका कारण प्रयोग बिहिन बनेको हो ।

गत असोज २ गते मनहरी गाउँपालिकाका स्वास्थ्य संजोजक रामचन्द्र दाहाल,६ नं वडा अध्यक्ष युवराज थपलिया र सेवा केन्द्रकी ईन्चार्ज रमिता राईलाई संयुक्त रुपमा विराट नेपाल मेडिकल ट्रष्ट हेटौडाका प्रमुख भोला राईले उक्त माइक्रोस्कोप हस्तान्तरण गरिएको थियो । उक्त माइक्रोस्कोपले रगत , दिशा पिसाव, खकार चेकजाँच गरि बिभिन्न रोगहरु पहिचान गर्ने गर्दछ ।

तर ट्रस्टले प्रदान गरेको ३ महिना बितिसक्दा पनि मनहरी गाउँपालिकाले कर्मचारी व्यवस्थापन गर्न नसक्दा उक्त माईक्रोस्पोक थन्किएको छ । सेवा केन्द्रमा रहेको कर्मचारी ल्याब संग सम्बन्धित नभएका कारण ल्याब सञ्चालन गर्ने एक जना कर्मचारी छुट्टै आवश्यक रहेको छ ।

ट्रस्टले प्रदान गरेको उक्त सामानको ग्रहण गर्दै गाउँपालिकाका स्वास्थ्य संयोजक रामचन्द्र दाहालले वडा बासीहरुको स्वास्थ्य सेवालाई मध्यनजर गरेर तत्काल नै उक्त माईक्रोस्कोप प्रयोग गरिने प्रतिबद्धता जनाएका थिए । तर प्रतिबद्धता अनुसार हाल सम्म पनि ल्याव सञ्चालन नहुदा सेवाग्राहिहरु मर्कामा परेका छन ।

ल्याव सञ्चालन गरि स्थानीय स्तरमै बिभिन्न रोगको पहिचान गरि उपचार भएमा सेवाग्राहिहरु मनहरी बाहिर गएर उपचार गर्ने बध्यता हट्ने स्थानिय बताउछन । लामो समय सम्म प्रयोग नगरेमा उक्त माइक्रस्पोक बिग्रीने संभावना रहेको सेवा केन्द्रकी ईन्चार्ज रमिता राईले जानकारी दिए । सेवा केन्द्रमा प्राप्त भईसकेको समान सञ्चालनमा नआए पछि वडाबासीहरुले चासो लिन थालिएका छन ।

vb

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button