
हेटौंडा । मकवानपुरको हेटौंडामा लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान अन्तर्गत २ दिने कार्याशाला सम्पन्न भएको छ।
मकवानपुर महिला समुहको आयोजनामा शुक्रबार र शनिबार प्रेषण प्रणाली सुदृढीकरण र लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण रणनीति सुदृढीकरण सम्बन्धि २ दिने कार्यक्रम भएको हो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि बागमती प्रदेश सभा सदस्य एकलाल श्रेष्ठले पीडितलाई विभिन्न किसिमले राजनीति गरेर अन्यायमा पर्न खोजिएको र आफुले त्यस्तो हुन नदिने बताए ।
राजनीति कारण पीडित झन पीडित बनाउन खोज्ने कोसिस हुन सक्ने भएकाले आफुहरु राजनीतिक भन्दा पीडितको पक्षमा उभिनु पर्ने र उभिने समेत बचन दिए । कार्यक्रम उपस्तिथिहरुले पिछडिएको र अपाङ्ग मनिसहरुलाइ भत्ता दिने भन्दा नि आत्मनिर्भर बनाउनु पर्ने र त्यसबाट भबिष्यमा अगाडि बढ्न मदत पुग्ने समेत बताए।
कार्यक्रम संयोजक निशा लामाले यस्तो कार्यक्रम आगामी दिनहरुमा वडा र गाउपालिकाहरुसङ्ग समन्वय गरेर कार्यक्रम गर्न पाए झनै राम्रो हुने समेत बिश्वास गर्नु भयो।
विभिन्न कार्यक्रमको लागि कानुन बनेता पनि स्थानीय सरकारका सरोकारवालाहरु नबुझिदिने र बनेको कानुन कार्यनयन हुन नसकेकाले आफुहरुले पिछडिएका समुदायको हितमा कार्यक्रम गर्न गर्हो भैरहेको समेत बताए ।
मकवानपुर महिला समुहका अध्यक्ष कमला सुबेदीको सभाध्क्षमा कार्यक्रममा बागमती प्रदेश सदस्य एकलाल श्रेष्ठको प्रमुख अतिथिमा भएको हो






