समाचार

चाड पर्व सकिए संगै माओवादी पुनः जनताको घर–घरमा, राक्सिराङ –५ बोटबारीमा टोल कमिटि गठन


मनहरी । चाडपर्व सकिए लगक्तै पुनः माओवादी जनताको घर दैलोमा फर्किएको छ । माओवादीको ३ महिनेअभियान अन्तर्गत जन जनमा माओवादी , घर– घरमा माओवादी भन्ने मुल नाराका साथ सञ्चालित अभियान चाड पर्व संगै केहि समय स्थागन गएिको थियो ।

दशैं ,तिहार र छठ सकिए संगै माओवादी नेता तथा कार्यकर्ताहरु जनताको घर– घरमा पुनः फर्किएका छन । जस अन्तर्गत सोमबार राक्सिराङ गाँउपालिका वडा नं.–५ बोटबारीमा टोल टोल कमिटि, वाईसिएल र अनेम संघ (क्रान्तिकारी) गठन गरिएको छ ।

नेकपा माओवादी केन्द्रका केन्द्रि सदस्य राम प्रसाद ढुङगानाको प्रमुख आथित्य र माओवादी केन्द्र बागमती प्रदेश कमिटि सचिवालय सदस्य बीर बहादुर घलान (ज्वाला)को विशेष उपस्थीतीमा टोल कमिटि गठन गरिएको हो । बीर सिं प्रजाको अध्यक्षतामा ११ सदस्यीय बोटबारी टोल कमिटि गठन गरिएको हो ।

त्यसै गरि धीरज प्रजाको अध्यक्षतामा ७ सदस्यीय वाईसिएल नेपाल बोटबारी टोल कमिटि गठन गरिएको छ भने डोल्मा माया थिङको अध्यक्षतामा अखिल नेपाल महिला संघ( क्रान्तिकारी) गठन गरिएको छ । ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button