
मनहरी । मनहरी गाँउपालिका वडा नं.–४ का १ सय १५ जना बिद्यार्थीहरुलाई साईकल वितरण गरिएको छ ।
बिहिबार पशुपतिनाथ माध्यामिक बिद्यालयमा एक बृहत कार्यक्रमको आयोजना गरि साईकल वितरण गरिएको हो ।
बिद्यार्थिहरुलाई बागमती प्रदेशका सामाजिक बिकास मन्त्रि कुमारी मोक्तानले साईकल वितरण गरिएका थिए ।
मनहरी गाँउपालिका वडा नं.–४ ले आर्थिक वर्ष २०८०÷८१ मा १० लाख रुँपिया बजेट बिनियोजन गरिएको थियो ।

उक्त बजेटबाट साईकल खरिद गरि वितरण गरिएको हो ।
साईकल वितरण गर्दै मन्त्रि मोक्तानले लगनशिल भएर पढ्न बिद्यार्थीहरुलाई आग्रह गरे ।
जस्तो सुकै समस्या पर्दा स्थानिय तथा सबै तहक सरकारलाइ सम्झीन आग्रह गर्दै मन्त्रि मोक्तानले सरकारी लगानीलाई सदुपयोग गरि बिद्यालयको शैक्षिक गुणस्तरमा बृद्धि गरि यस क्षेत्रको नमुना बिद्यालय निर्माणमा लाग्न सबैलाईसबैलाई आग्रह गरे ।
त्यसै गरि कार्यक्रममा बोल्दै वडा ४ नं. वडाका अध्यक्ष प्रकाश थापाले टाढा बाट विद्यालय धाउने बिद्यार्थिहरुको समस्यालाई मध्यनजर गर्दै वडाले साईकलको व्यवस्थापन गरेको बताए ।

वडाले आफुनो वडामा रहेको विद्यालयमा कक्षा ६ देखी १० कक्षा सम्मका गरिव, जेहेन्दार चेपाङ ,तामाङ तथा दलित सामुदायका १ सय १५ जना बिद्यार्थीलाई साईकल वितरण गरेको थियो ।
वडा वितरण गरेको साईकलकको सदुपयोग गरि शैक्षिक गुणस्तरमा परिवर्तन ल्याई उदाहरणिय बन्न बिद्यार्थीहरुलाई आग्रह गरे ।

पशुपतिनाथ माविका अध्यक्ष माधब प्रसाद गौतमको सभाध्यक्षतामा भएको कार्यक्रममा मनहरी गाँउपालिकाका कार्यबाहक अध्यक्ष शिव प्रसाद खनाल , ४ नम्बर वडाका अध्यक्ष प्रकाश थापा , मनहरी गाउँ पालिका शिक्षा शाखा प्रमुख प्रदिप पराजुली, शिक्षक श्रोत ब्यक्ति बिदुर थापा, निबर्तमान वडा अध्यक्ष ध्रुव खड्का लगाएतकाको आतिथ्यता रहेको थियो ।






