
मनहरी । राक्सिराङ गाउँपालिका वडा न.-२ थुम्की स्थित छवि लाल थिङको घरमा चट्याङ पर्दा उनको श्रीमती ४५ वर्षीय सुन्तली थिङ घाइते भएका छन । सोमबार राती करिब ११:४५ बजेको समयमा मुसुल धारे पानी सङ्गै परेको चट्याङ लाग्द सुतिरहेको थिङ घाईते भएको थुम्किबाट स्थानीय रमेश स्याङतानले नमस्ते मनहरीलाई जानकारी दिए । उनको खुट्टामा सामन्य चोट लागेको र स्थानीय स्वास्थ केन्द्रमा उपचार गरिरहेको छ । उक्त चाट्याङका कारण थिङ को एउटा बाख्रा समेत मरेको छ । साथै थिङको घरमा रहेको सोलारको ब्याट्रीमा समेत क्षेती पुगेको छ । ब्याट्रीमा पुर्ण रुपमा क्षेती पुगे पछि बक्ती बाल्न समेत समस्या भएको थिङले बताए ।
प्रतिक्रिया दिनुहोस्
