
मनहरी । मनहरीका भुमिहीन तथा सुकुम्बासीहरुलाई निकुञ्ज तथा मध्यवर्ती क्षेत्र भित्रको जग्गाको निस्सा वितरण गरेको भन्दै तत्काल उत्त कार्य रोक्न निकुञ्जले मनहरी गाँउपालिकालाई पत्राचार गरे पछि जनप्रतिििनधीहरुले बुधबार मुख्यमन्त्रि शालिकराम जम्मकट्टेल संग भेट तथा छलफल गरेका छन ।
वर्षौ देखि चितवन तथा पर्सा राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्रभित्र रहेको सरकारी जग्गाको उपभोग गर्दै आइरहेको भुमिहीन तथा सुकुम्बासीहरुले उपभोग गर्दै आइरहेको जग्गा उनिहरुकै नाममा जग्गा धनि प्रमाण् पत्र वितरणको प्रक्रिया स्वरुप निस्सा वितरण गर्न सुरुवात गरे लगक्तै निकुञ्जले उक्त कार्य रोक्न पत्राचार गरे बागमती प्रदेशका मुख्यमन्त्रि शालिकराम जम्मकट्टेल संग जनप्रतिनिधिहरुले भेट तथा छलफल गरेको हो ।
छलफलको क्रममा सुकुम्बासी तथा भुमिहीनहरुको समस्यालाई मसिनो ढंगले अध्यन गरि केन्द्र सरकारसंग समन्वय गरि समस्याको समाधान गर्ने मुख्यमन्त्रि जम्मकट्टेलले प्रतिबद्धता जनाएको मनहरी गाँउपालिकाका उपाध्यक्ष सीत पुलामी मगर (रेखा)ले जानकारी दिए ।
गाउँपालिकाका उपाध्यक्ष सीता पुलामी मगरले पालिकाको ७५ प्रतिशत जनसंख्या ५० औं वर्षदेखि संरक्षित क्षेत्र वरिपरि बसोबास रहेको र उनीहरु सोही क्षेत्रमै बसोबास गर्न पाउनुपर्ने अधिकार सुनिश्चित गर्न निस्सा वितरण गरिएको जानकारी दिनुभयो ।
भेटघाट तथा छलफलमा मनहरी गाँउपालिकाका अध्यक्ष रञ्जन कालाखेती , उपाध्यक्ष सीता पुलामी मगर (रेखा) , वडा अध्यक्ष तथा कार्यापालिका सदस्यहरु सहित र प्रदेश सांसद इन्द्रबहादुर बानियाँ सहभागी रहेका थिए ।






