
मनहरी । सामुदायिक वन उपभोक्ता महासंघ मनहरी गाउँपालीकाको अधिवेशन विवादै विवादका बिच सम्पन्न भएको छ । अधिवेशनले रघुनाथ रुम्बाको नेतृत्वमा नयाँ कार्यसमिती चयन गरेको छ ।
रुम्बाको नेतृत्वमा नयाँ कार्यसमिती चयन भएपनि एक पक्ष भने असन्तुष्ट भएका छन् । अधिवेशनमा अध्यक्ष पदका अर्का आकांक्षी विर वहादुर मिजारले भने अधिवेशन र त्यसबाट चयन भएका नयाँ कार्यसमितीलाई बहिष्कार गर्ने घोषणा गरेका छन् ।
उनका अनुसार बास्तवमा आज भएको अधिवेशनमा धाँधली भएको थियो । कुल १८ वटा सामुदायीक बन उपभोक्ता समितीहरु मध्ये १६ वटा समितीले मिजारलाई चयन गर्ने प्रस्ताव राखेका थिए ।
तर अधिवेशनमा निवर्तमान अध्यक्ष हेमलाल उप्रेती र राजाराम स्याङ्तान लगायतका समुहले विभिन्न नीतिहरु देखाई उनलाई अध्यक्ष हुनबाट रोकेको उनको आरोप छ ।
साथै स्याङ्तानले उनलाई अपशव्द बोल्दै आफ्नो मानहानी गरेको उनले आरोप लगाए । अधिवेशन स्थलमा केहि समय स्याङ्तान र मिजार बिच हात हालाहालको अवश्था समेत आएको प्रत्यक्षदर्शीहरुले बताएका छन् । स्याङ्तानले भने त्यस्तो कुनै पनि स्थीती श्रृजना नभएको जिकिर गरेका छन् ।






