समाचार

मनहरीको फरिवाङमा ३ वटा घर जलेर नष्ट

मनहरी । मनहरी–६ फरीवाङमा ३ वटा घर आगलागीमा हुदा पुर्ण रुपमा नष्ट भएको छ ।   मंगलबार भुटन देवी सामुदायिक वनमा लागेको डढेलोकाको कारण वन नजिकै रहेको अम्बर बहादुर मुक्तान , कुल बहादुर मुक्तान र लक्ष्मण मुक्तानको घरमा आगलागी हुदा खर र काठको रिचपटबाट निर्माण गरिएको घर जलेर पुर्ण रुपमा नष्ट भएको मनहरी –६ का अध्यक्ष युवराज थपलियाले जानकारी दिए ।


दिउसो १ बजे लागेको आगो स्थानियले नियन्त्रणमा लिन नसक्दा तीन वटै घर जले नष्ट भएको हो ।  आगलागीमा परि मानवीय क्षति नभए पनि लत्ताकपडा र अन्नपात भने पुर्ण रुपमा नष्ट भएको छ ।

आगलागीका कारण २५ लाख बराबरको भौतिक क्षति भएको वडा अध्यक्ष थपलियाले बताए । पिडितहरु हाल स्थानियको घरमा आश्रय लिएर बसेका छन । वडा अध्यक्ष थपलियाका अनुसार पिडितहरुलाई छिट्टै राहतको व्यवस्था गरिने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button