
राक्सिराङ । राक्सिराङमा गठन गरिएको मानव अधिकार समुहलाई लक्षित गरि संचालन गरेको दुई दिने क्षमता अभिबृद्धि तालिम शुक्रबार सम्पन्न भएको छ ।
अनौपचारिक क्षेत्र सेवा (इन्सेक ) बागमती प्रदेशद्वारा आयोजित तालिम बिहिवार उदघाटन गरेको थियो । तालिममा राक्सिराङका मानव अधिकार समुहमा आबद्ध सदस्य पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।
सहभागीहरुलाई प्रशिक्षक प्रकाश खतिवडाले प्रशिक्षण दिएका थिए ।
समापन कार्यक्रम राक्सिराङ गाउँपालिकाका उपाध्यक्ष बनस्तम थिङको प्रमुख आथित्यमा भएको थियो भने मानव अधिकार समूह राक्सिराङका संयोजक चन्द्रमान प्रजाको सभाध्यक्षतामा सम्पन्न भएको थियो ।
कार्यक्रममा इन्सेक बागमती प्रदेशका संयोजक गणेश भण्डारी , राक्सिराङ -५ का अध्यक्ष हरि बहादुर प्रजा लगाएतकाले मन्तव्य व्यक्त गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्






