
मनहरी । राक्सिराङ –८ टोड्केमा ल्होछार विशेष सांस्कृतिक कार्यक्रम भएको छ । कर्साङ छ्योइलिङ गुम्बाको आयोजनामा भएको कार्यक्रमको बागमती प्रदेशका समाजिक विकास मन्त्रि कुमारी मोक्तानले उद्घटन गरेका थिए ।
कार्यक्रममा गायक प्रकाश तितुङ तामाङ, रेश्मा बोम्जन, प्रकाश तामाङ, दिपक मोक्तान, सुजना रुम्बा, बालिका तामाङ, ईन्कार तामाङ साथै स्थानिय कलाकारहरु लगायतको बेजोड प्रस्तुति रहेको थियो ।
। यसैगरी मोडल बर्षा तामाङको आकर्षक नृत्य साथै आस्था कला केन्द्र मनहरी समेतको बेजोड नृत्य प्रस्तुति रहेको थियो।






