समाचार

मनहरीमा ल्होछार मेला तथा साँस्कृतिक कार्यक्रमको तयारी तिब्र , आइतबार कार्यक्रम स्थलमा सरसफाई


मनहरी । मनहरी –७ स्थित बुद्धशान्ति पार्क  परिसरमा माघ ८ गते हुने सोनाम ल्होछार मेला तथा बृहत साँस्कृतिक कार्यक्रमको तयारी तिब्र थालिएको छ । आइतबार उक्त कार्यक्रमको तयारी स्वरुप कार्यस्थमा सरसफाई गरिएको छ ।

सर–सफाई कार्यक्रममा ल्होछार मेला आयोजक मुल समारोह समितिका पदाधिकारी ,तामाङ पत्रकार संघ मकवानपुरका पदाधिकारी , इलाका प्रहरी कार्यालय मनहरी , नेपाली सेना , शसस्त्र प्रहरी , स्थानिय युवा तथा समाजसेवीहरुको उपस्थीतीमा सरसफाई गरिएको मेला व्यवस्थापन समितिका संयोजक सुरेश मुक्तानले जानकारी दिए ।

कार्यक्रम तामाङ पत्रकार संघ मकवानपुर र होछार मेला आयोजक मुल समारोह समिति मनहरी – ७ ले सयुक्त रुपमा आयोजना गरिएको हो ।
मेलामा तामाङ खानाको स्टल , तामाङ सस्कृति संग सम्बन्धित बिभिन्न स्टल रहने जनाएको छ । साथमा स्थानिय कलाकार तथा राष्ट्रिय स्तरका तामाङ कलाकारहरुको प्रस्तुती रहने तामाङ पत्रकार संघ मकवानपुरका अध्यक्ष जयराम मुक्तानले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button