समाचार

हेटौंडा –१५ मा फोटोकपी र निवेदन निशूल्क

हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १५ ले भदौ १३ गते देखि वडामा आउने सेवाग्राहीलाई नि:शूल्क सेवा प्रदान गर्न सुरु गरेको छ ।

आजभन्दा अगाडि वडामा आउने सेवाग्राहीहरुले निवेदन फोटोकपी लगाएतको सेवा लिदा नजिकको पसलबाट शुल्क तिर्नुपर्ने बाध्यता थियो । आजबाट भने फोटोकपी निवेदन लगाएत्का सेवा नि:शूल्क गरिएको वडा अध्यक्ष सुनिल मुत्तानले बताए ।

आफ्नो वडा हेटौंडा उपमहानगरपालिका भित्रका वडा भएनी भौगोलिक हिसाबले निकै विकट र ठूलो भुभागमा फैलिएको वडा भएकोले टाढाबाट महँगो अटो भाडा तिरेर आउन पर्नी अनि फेरि वडामाको सेवा लिदा निवेदन फोटोकपी लगाएतको पैसा तिर्न पर्दा आफ्नो वडाको नागरिक मारमा परेकोले आफुले फोटोकपी निवेदन लगाएत नि:शूल्क सेवाको व्यवस्था गरेको बताए ।

मुत्तानका अनुसार वडाकै एक जना कर्मचारिलाई जिम्मा दिएर निवेदन फोटोकपी लगाएतको सेवा विस्तार गरिएको छ उनले भने । वडामा सेवा लिन आएका सेवाग्राही प्रकाश पुडासैनिले वडाले सेवाग्राहीलाई निशुल्क सेवा प्रदान गरेकोमा खुसी व्यक्त गरे उनले थोरै थोरै पैसा गर्दा पनि एउटा सिफारिस लिदा निकै पैसा जाने कुराको अन्त्य भएकोमा अध्यक्षलाई धन्यवाद दिए । उनले फोटोकपी र निवेदनको पैसा नपर्दा त्यो पैसाले चिया खाजा खाएर घर जान पाउने भन्दै खुसि व्यक्त गरे ।

साभार:पालिका डायरी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button