समाचार

मनहरी–६ मा ख्रिष्टमस उत्सव तथा शुभकामना विशेष कार्यक्रम सम्पन्न

मनहरी । मनहरी गाउपालिका वडा नं.–६ मा ख्रिष्ट जन्मोत्सवको अवसरमा ख्रिष्टमस उत्सव तथा शुभकामना विशेष कार्यक्रम सम्पन्न भएको छ । बिहिबार मनहरी–६ मा रहेको मोराङे ताल प्राङगणमा एक विशेष कार्यक्रमको आयोजना गरि ख्रिष्टमस उत्सव तथा शुभकामना विशेष कार्यक्रम सम्पन्न गरेको हो ।

क्रिष्टियन समाज मनहरी –६को आयोजनामा आयोजीत कार्यक्रमको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका मनहरी–६ का अध्यक्ष युवराज थपलियाले समाजका बिभिन्न धर्मावलम्बीहरुले सबैको चाडपर्वलाई अंगिकार गर्नु पर्ने बताए ।

देश धर्मनिरपेक्ष भइसकेकाले सबै जात धर्म र पर्वलाइ समान पुर्वक लिएमा धार्मिक सहिष्णुता बढ्ने बताए । सबै जात धर्म एक भएमा मुलुक समृद्ध तर्फ उन्मुख हुन समय नलाग्ने वडा अध्यक्ष थपलियाको भनाई छ । एक अर्काको पर्वलाई सहज रुपमा अगिंकार गरेमा समाजमा कुनै किसिमको समस्य उत्पन्न नहुने अध्यक्ष थपलियाको भनाई छ ।

मनहरी गाउँपालिका वडा नं.–६ का अध्यक्ष युवराज थपलियाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा वडा सदस्य विष्णु बहादुर राई , पास्टर एसोसिएसन मनहरीका अध्यक्ष शान्ति थिङ, उपाध्यक्ष बाबुराम थिङ , मनहरी पास्टर संगठनका अध्यक्ष नगेन्द्र मोक्तान , डिपार्ड सामुदायिक वनका अध्यक्ष डम्बर बहादुर मुक्तान ,सुनाचुरी सामुदायिक वनका अध्यक्ष पार्वती मुक्तान ,जनजाती उत्थान प्राविका अध्यक्ष बसन्त लामा थिङ लगाएत बिभिन्न मण्डलीका पास्टार तथा बिभिन्न संघ सस्थामा आबद्ध व्यक्तिहरुको उपस्थीती रहेका थिए ।

क्रिष्टियन समाज मनहरी –६ का अध्यक्ष छविलाल मुक्तानको अध्यक्षतामा भएको कार्यक्रममा कृपा मण्डलीका बरिष्ठ पाष्टर दिवस ब्लोनले क्रिष्टियन धर्म बारे प्रवचन दिएका थिए । कार्यक्रम पाष्टर अर्पन ब्लोनले सञ्चालन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button