समाचार

संचारकर्मी डिम्डुङको पहलमा संकलित ७० हजार रकम बिरामीलाई हस्तान्तरण

                                                                  मनहरी । मकवानपुरका संचारकर्मी इन्द्रमान आत्मा डिम्डुङको पहलमा टिकटकबाट संकलित ७० हजार ५० रुपैँया असक्त बिरामीलाई सहयोग गरेको छ । चितवन जिल्ला भरतपुर –१५ मंगलपुर बस्ने वर्ष ४० कि टिका देवी सापकोटालाई संकलित रकम सहयोग गरेको हो । सापकोटा विगत ५ वर्ष देखि हात खुट्टा राम्रोसंग नचल्ने र कतै हिडडुल गर्न नसक्ने समस्या झेल्दै आएकी छिन उनि बिगत ५ वर्ष देखि ओछ्यानमै थला परेकी छन् । स्थानीयका अनुसार उनि ३ वर्षकी हुँदा बुवाको स्वर्गबास भएको र बुवाको स्वर्गबास भएपछि आमा अर्कैसँग विवाह गरी गएकाका कारण उनि बिचल्ली भएकी हुन् । उनि अहिलेसम्म आर्थिक अभावकै कारण उपचारका लागि अस्पतालसम्म जान सकिएकी छैनन् । उनको यस्तो समस्य टिकटकबाटै संचारकर्मी डिमडुङले थाहा पाएपछि उपचार गर्न केही सहज होस भनेर उनले टिकटक लाईभबाटै सबैसामु सहयोगको अपिल गरेका थिए । त्यसपश्चात एक हप्तामा करिब ६९ हजार रुपैँया सहयोग प्राप्त भयो र संचारकर्मी डिमडुङ आफैले पनि पाँच सय तीन रुपैँया थपेर जम्मा ७० हजार ५० रुपैँया शविबार असक्त सापकोटाकै घरमा पुगेर सहयोग गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button