समाचार

मनहरी–२ मा सञ्चालन भएको आँखा शिविरमा २ सय ३० जनाले निशुल्क सेवा लिए


मनहरी । पश्चिम मकवानपुरको मनहरी गाउँपालिका वडा नं.–२ भुन्द्रुङ टाँडीमा सञ्चालन भएको एक दिने निशुल्क आँखा शिविरमा २ सय ३० जनाले सेवा लिएका छन ।

जस मध्ये २४ जनामा मोतिया बिन्दु देखिएका छन ।  मोतिया बिन्दुको समस्या भएकाहरुलाई मंगलबार वडा कार्यालय परिसरबाट यातायातको व्यवस्थापन गरि निशुल्क शल्यक्रियाको लागि हेटौडा सामुदायिक आँखा अस्पताल लगिने वडा अध्यक्ष राजकुमार पाख्रिनले जानकारी दिए ।

हेटौडा सामुदायिक आँखा अस्पतालको आायोजना र प्राविधिक सहयोगमा भएको शिविर मनहरी गाउँपालिकाको सहआयोजनामा भएको थियो ।  शिविर मनहरी गाउँपालिकाका उपाध्यक्ष सीता पुलामी मगरको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।

साथै गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामचन्द्र दाहाल स्थानीय , स्वयम सेविका तथा स्थानीय समाजसेवीहरुको उपस्थीती रहेको थियो ।

शिविरमा मनहरी गाउँपालिकाको वडा नं.– १ , २ , ३ र ४का सेवाग्राहीहरुले सेवा लिएका थिए ।  शिविर वडा कार्यालय भुन्द्रुङ टाँडी परिसरमा बिहान १० बजे देखि ३ बजे सम्म सञ्चालन भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button